Gorkha Sansar

इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठ सहित ३२ जनाको कोरोना रिपोर्ट नेगिटिभ

कुरिनटार, ३ भदौ
चितवनको इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठ सहित सबै ३२ जनाको कोरोना रिपोर्ट नेगिटिभ आएको छ। पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै इच्छाकामनामा कोरोना परिक्षणको बढाउन थालिएको छ।
सोहि बमोजिम गत आईतबार गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल लगायत गाउँपालिका भित्र जोखिम क्षेत्रमा कार्यरत मजदुर कर्मचारीहरुको कोरोना परिक्षणको लागि स्वाव नमुना संकलन गरिएको थियो।
संकलित नमुना पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.