Gorkha Sansar

पालुङ्टारमा कन्ट्याकट् ट्रेसिङ्गको नतिजा नेगेटिभ

गोरखा – गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ४ की एक महिलामा काेराेना संक्रमण देखिएपछि २२ जनामा गरिएकाे कन्ट्याकट् ट्रेसिङ्गको नतिजा नेगेटिभ आएको छ।

नगरपालिकाको वडा नं. ४ बेलटारकी ३२ वर्षीय एक महिला र पोखराबाट आएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूसँग सम्पर्कमा आएका भनिएका २२ जनाको स्वाब परिक्षणका लागि गएको साउन ३० गते  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।

मंगलबार उनीहरू सबैको नतिजा नेगेटिभ आएको पालुङ्टार स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले जानकारी दिएका छन् ।

स्वास्थमा समस्या देखिएपछि ती महिला जाँचका लागि तुरतुरे गएको र त्यहाँ उपचार हुन नसकेपछि भरतपुर रिफर गरिएको थियो । भरतपुरको पुरानो मेडिकल कलेजमा कोरोना जाँच  गर्ने क्रममा उनको नतिजा पोजेटिभ देखिएको थियो । त्यसैगरी पोखराबाट पालुङ्टार आइ फर्केका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.