Gorkha Sansar

भानुको सम्पुर्ण १३ वटा वडा सहित नगरपालिकाको सम्पुर्ण सेवा बन्द: १२७ जनाको स्वाब संकलन

शिव श्रेष्ठ

तनहुँ भानुको वडा न १ मा समुदायमा कोरोना पुष्टि भएपछि १ हप्ताका लागि नगरपालिकाको सम्पुर्ण सेवाहरु तथा १३ वटा वडा कार्यालय बाट प्रदान गरिने सेवाहरु पुर्ण रूपमा सबै बन्द गर्ने तथा वडा न १ लाई सिल गर्ने निर्णय गरिएको छ।

नेपालमा हाल लकडाउन हटेको भए पनि कोबिड 19 को संक्रमण बढ्दै गएको र समुदाय नै उच्च जोखिममा रहेकोे अवस्थामा भानु १ का ३४ वर्षिय एक पुरुषमा कोरोना देखिएपछि तत्काल वडाको आकस्मिक बैठक बसि १ हप्ताका लागि पुर्ण रूपमा सबै वडा सिल गर्ने निर्णय गरिएको र नगरपालिका बाट प्रदान गरिने र सम्पुर्ण १३ वटा वडाहरु बाट प्रदान हुने सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरि नगरपालिकाले सुचना निकालेको छ।भानुको सबै वडाका नागरिकलाई घर बाहिर ननिस्कन र अनावश्यक रूपमा हिडडुल नगर्न समेत अनुरोध गरिएको वडा अध्यक्ष प्रेम बहादुर लामाले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक डा बिनोद बिन्दु शर्मा द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिका अनुसार सोमबार तनहुँका २ पुरुषमा कोरोना पुष्टि भएको हो । केहि दिन अघि सामान्य लक्षण देखिएपछि थ्रोड स्वाबको नमुना लिई परिक्षण गर्न लगिएकोमा भानु १ र बन्दिपुर ५ का ३४ वर्षिय दुई समुदायका पुरुषमा कोरोना पुष्टि भएको हो। कोरोना देखिए संगै स्थानीयहरु त्रसित भएका छन् । मंगलवार वडा न १ का सन्क्रमितको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा सम्पर्कमा आएकाहरु करिब ८९ जनाको र नगरपालिकाका ३८ जना जनप्रतिनिधि र कर्मचारीहरु गरि १२७ जनाको स्वाब संकलन गरि परिक्षण गर्न लागिएको स्वास्थ शाखा प्रमुख ऐसोर्य चन्द्र भट्टराईले बताउनुभयो ।

नगरपालिकाले श्रावण २७ गते मंगलबार देखि लागु हुनेगरी भाद्र २ गते  मंगलवार सम्मको लागि सम्पुर्ण ब्यापार ब्यावसाय, उद्योगधन्दा कल कारखाना ,बैंक तथा बित्तीय सस्था सम्पुर्ण बन्द गर्ने निर्णय गरिएको छ। यस समयमा हाइवे र स्वास्थ्य सेवा खुल्ला रहनेछ । भानु र बन्दिपुरको सिमाना रहेको डुम्रे पुलमा प्रहरी परिचालन गरि आवतजावतमा कडाइ गरिएको छ। भानु नगरपालिका बाहिर जाने कुनैपनि सवारी साधनहरु बाहेक अन्य लाई प्रवेश गर्न र सामान लोड अनलोड गर्नको लागि निषेध गरिएको छ ।कोरोना सन्क्रमितलाई जि पि कोइराला स्वासप्रस्वास उपचार केन्द्र तनहुँ , बेलचौतारामा लगिएको थियोे। अहिले उनलाई श्वास फेर्न गार्‍हो भएको कारण भेन्टिलेटरमा राख्नको लागि पोखरा  लगिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.