Gorkha Sansar

माछापोखरीमा डुबेर एक बालकको मृत्यु

समीर जाेशी

साउन २२,लमजुङ

लमजुङमा माछापोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।कृषि क्याम्पस आडैमा रहेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार लमजुङ सुन्दरबजार नगरपालिका ६, पुरानोडिहीका १३ वर्षीया अविनाश विकको ज्यान गएको इलाका प्रहरी कार्यालय, भोटेओडारका प्रमुख एवम् प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

 

लेदोसहितको २ फिट पानी जमेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर अचेत भएका बालकको उद्धार गरी उपचारका लागि कर्मदा हस्पिटल पुर्याइएको थियो । पोष्टमार्टमका लागि शव जिल्ला सामुदायिक अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.