Gorkha Sansar

मृगाैला पीडित राजु श्रेष्ठलाई अस्ट्रेलिया तनहुँ समाजको आर्थिक सहयोग

शिव कुमार श्रेष्ठ

तनहुँ, २२ साउन

तनहुँ दमौलीका पुराना भिडियो/ फोटाे पत्रकार राजु श्रेष्ठलाई दुबै मृगाैला प्रत्याराेपण गर्नुपर्ने अबस्था आएपछि उनको जीवन रक्षाको लागी अस्ट्रेलिया तनहुँ समाजले रु १,८१,४०५ रुपैयाँ सहयोग गरेको छ।

अस्ट्रेलिया तनहुँ समाजको सहयोग रकम प्राप्त संगै सहयोग जुटाउन सकृय सामाजिक युवा अभियान्ता लक्ष्मीभक्त खनालले आजै चितवन पुगि निज मृगाैला पीडित राजु श्रेष्ठलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका छ्न। हाल अस्ट्रेलिया रहेका विद्यार्थी तथा व्यबसायिक नेपाली नागरिकको सहयोगमा अस्ट्रेलिया तनहुँ समाजले उक्त सहयाेग रकम संकलन गरेको समितिको अध्यक्ष दिनेश खनालले बताए।

तनहुँको विभिन्न पत्रिका तथा टिभि र सामाजिक संजाल मार्फत मृगाैला पीडित राजु श्रेष्ठको जीवन रक्षाको समाचार पाए संगै सहयोगको लागि जुटिएको अस्ट्रेलिया तनहुँ समाजको महासचिव सुर्य खनालले बताए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.