Gorkha Sansar

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल आगामी भदौमा सकिँदै,

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आगामी भदौमा सकिँदैछ ।

तत्कालिन ऊर्जा मन्त्री जनार्दन शर्माले चार वर्षका लागि नियुक्त गरेका घिसिङको कार्यकाल सकिने भएपछि नयाँ कार्यकारी निर्देशकबारे बहस सुरु भएको छ । पुनः लोडसेडिङ हुन सक्ने भन्दै सामाजिक सञ्जालमा घिसिङलाई दोहोर्‍याउन दबाब सुरु भएको छ ।

घिसिङले प्रतिबद्धताअनुसार काम गरेको बताए । घिसिङले निर्देशक हुँदा लोडसेडिङ अन्त्य गर्ने, प्राधिकरणलाई नाफामा लैजाने र मुलुकलाई विद्युत्मा आत्मनिर्भर बनाउने मुख्य तीनवटा प्रतिबद्धता जनाएका थिए। ती प्रतिबद्धता पूरा हुन लागको बताएका छन्।

लोडसेडिङ अन्त्य गरिसकेका कुलमानले गत आर्थिक वर्षमा प्राधिकरणले करिब १० अर्ब नाफा गरेको बताएका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी आगामी असार महिनामा सम्पन्न हुने र उक्त बिजुली आएपछि वर्खामा मुलुक बिजुलीमा आत्मनिर्भर हुने ठोकुवासमेत गरेका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.