Gorkha Sansar

१२ बर्षकी बालिकामाथि जबरजस्ती करणी आरोपमा ७५ बर्षीया बृद्धा पक्राउ

रविन्द्र कंडेल
१६ साउन, गोरखा ।
१२ बर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखा जिल्ला पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीका एक ७५ बर्षीया बृद्धा पक्राउ परेका छन् ।
पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीका एक ७५ बर्षका धन बहादुर थापाले संगै घर जोडिएकी १२ बर्षकी बालिकालाई जबरजस्ती करणी गरेको भनी प्रहरीमा उजुरी परेपछि अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको संयुक्त टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको छ ।
गत साउन १३ गते दिउँसो करीब २ बजेतिर घरमा बसिरहेकी बालिकाको घरभित्र छिरेर बृद्धा थापाले बालिकाको मुख थुनी जबरजस्ती गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको अस्थायी प्रहरी पोष्ट बिरुवाटारले जानकारी दिएको छ भने थप अनुसन्धान भइरहेको बताइएको छ ।

थप समाचार

  • विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै

  • भ्रष्टाचारको आरोप: डोल्पाका प्राविधिक कार्यालयका प्रमुख र चार जनाविरुद्ध उजुरी

  • नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित

  • खोलामा चिप्लिएर एक महिलाको मृत्यु

  • नेपालमै ५० वर्षलाई पुग्ने ग्यासको भण्डार

  • मुलुकभर डेंगी, १४०० बढी संक्रमित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.