Gorkha Sansar

नेपालमा बुधबार २ सय १० जना कोरोना भाइरस संक्रमित थपिए

काठमाडाैँ : नेपालमा बुधबार २ सय १० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको परीक्षण भइसकेको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको १९ हजार २ सय ७३ पुगेको छ। यस्तै, बुधबार १ सय ४६ जना डिस्चार्ज भएका छन्। बुधबारसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ रहेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.