Gorkha Sansar

नाैली खाेला थुनीदा ८० घर जाेखिममा

गोरखा- धार्चे गाउँपालिका–७ लापुमा शुक्रबार राती गएकाे पहिरोले नाैली खाेला थुनीदा ८० घर जाेखिममा परेका छन् । राती परेकाे अबिरल बर्षाका कारण पहिराे जाँदा बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनिएको हाे।

स्थानीयका अनुसार शुक्रबार राति लापुस्थित चिङ्गारनजिकै पहिराे खसेर खाेला थुनिएकाे हाे।

खाेला थुनिएपछि तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ।

जोखिम बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदैछ। करिव ८० घरधुरी जोखिममा रहेको बताइएकाे छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.