Gorkha Sansar

स्वास्थ्य सर्तकता अपनाउँदै स्थानीय डकर्मीलाई क्षमता अभिवृद्धि तालिम

गोरखा संसार
२ साउन, गोरखा ।

गोरखाका नगरपालिका तथा गाँउपालिकामा कोरोना संकटको अवस्थामा स्वास्थ्य सर्तकता अपनाउँदै स्थानीयस्तरमा रहेका ५ सय बढी डकर्मीलाई तालिम दिइएको छ । भूकम्प पश्चातको निजी आवास पुनर्निर्माणमा सामाजिक प्राविधिक सहजिकरण गर्दै आएको युएनडीपि द्धारा संचालित भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाले कोरोना संकटको अवस्थामा स्वास्थ्य सर्तकता अपनाइ स्थानीयस्तरमा भएका डकर्मीलाई क्षमता अभिवृद्धिको तालिम दिएको हो । कोरोना संकटको अवस्थामा भौतिक दुरी अपनाई तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जारी गरेको स्वास्थ्य मापदण्डको पालन गरि तालिम दिएको परियोजनाका जिल्ला इन्जिनियर विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, तालिम दिँदा न्यूनतम मापदण्ड अपनाएर स्थानीयस्तरमा रहेका डकर्मीलाई नै तालिम दिइएको तथा तालिम मार्फत विशेष गरि निर्माणाधीन अवस्थामा रहेका संकटासन्न भूकम्प प्रभावित घरधनीलाई प्राविधिक सहजिकरण गरिएको हो ।
शहिदलखन गाँउपालिका वडा नम्बर ४ थेवटार निवासी २६ बर्षीय तालिम प्राप्त डकर्मी पुर्ण रानामगर कोभिड १९ को जोखिम रहेको अवस्थामा स्वास्थ्य सर्तकता अपनाउँदै घर नजिकै डकर्मी तालिम लिन पाउँदा हर्षित भएको बताउनुभयो । पुर्ण भन्छन्, जब परियोजनाबाट स्वास्थ्य सर्तकता अपनाउँदै आफ्नै घर गाँउमा डकर्मी तालिम पनि लिन पाउने र आम्दानी हुने भएपछि धेरै खुशी छु ।
सुरक्षित तथा गुणस्तरीय निजी आवास निर्माणका लागि भनेर हाल सम्म करिब ५ हजार स्थानीयस्तरका डकर्मीलाई तालिम दिइएको परियोजनाले जनाएको छ । परियोजनाले भुकम्प पश्चात निर्माणाधीन संकटासन्न घरमै गएर मिस्त्रीलाई सो तालिम दिइने गरेको जनाएको छ । परियोजनाले गोरखा तथा पालुङटार नगरपालिकामा र अजिरकोट, आरुघाट, गण्डकी, शहिदलखन, सिरानचोक एवम् धार्चे गाँउपालिकामा तालिम संचालन गरेको े हो ।
परियोजनाका वरिष्ठ इन्जिनियर सन्तोष लामाका अनुसार तालिममा विशेष गरी राष्ट्रिय भवन निर्माण संहिता अनुसार ढुङ्गा माटो, इटाको गारो, सुधारात्मक विधि, प्रबलिकरण, वैकल्पिक प्रविधिबाट बन्ने घर लगायतमा विभिन्न ढाँचामा सिकाउने गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.