Gorkha Sansar

कोरोनाको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलका कर्मचारीहरु आइसोलेसनमा

चितवन :  जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा कार्यरत प्रहरीमा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ ।

कोरानाको आशंका भएसँगै महिला सेलबाट हुने कामकारबाही बिहीबारदेखि बन्द गरिएको प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार महिला सेलमा कार्यरत सबै कर्मचारीहरुलाई आइसोलेसनमा राखिएको छ ।

उनीहरुमध्ये केहीको स्वाब परीक्षणका लागि भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा पठाइएको छ भने केहीको स्वाब सकलन गर्ने तयारी भइरहेको छ ।

थप समाचार

  • विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै

  • भ्रष्टाचारको आरोप: डोल्पाका प्राविधिक कार्यालयका प्रमुख र चार जनाविरुद्ध उजुरी

  • नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित

  • खोलामा चिप्लिएर एक महिलाको मृत्यु

  • नेपालमै ५० वर्षलाई पुग्ने ग्यासको भण्डार

  • मुलुकभर डेंगी, १४०० बढी संक्रमित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.