Gorkha Sansar

बिहे खर्च कटाएर काेराेना काेषमा १ लाख जम्मा गरे पत्रकार अधिकारीले

कुरिनटार, २८ असार
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा घर भै सदरमुकाम भरतपुरमा बसेर पत्रकारिता गरिरहेका पत्रकार दिपेन्द्र अधिकारीले गाउँपालिकाको कोरोना कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ। पत्रकार अधिकारीले आज गाउँपालिकामा स्वयं उपस्थित भै प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साललाइ सहयोग रकम हस्तान्तरण गरेको हो।


सहयोग रकम हस्तान्तरण गर्दै आफुले लकडाउनकै समयमा विवाह गरेको र सोही विवाहको बेलाको खर्च जोगाएर रकम सहयोग गरेको उनले बताए। “यसरी कोरोना कहरका कारण परेको संकटको बेला आफ्नै गाउँ र गाउँपालिका बासीलाई सहयोग गर्न पाउँदा मलाइ औधी खुशी लागेको छ” उनले भने।
पछिल्लो समय सदरमुकाम भरतपुरमा बसेर पत्रकारिता गरिरहेका पत्रकार अधिकारी चितवन पोष्ट दैनिकका समाचार प्रमुखका साथै नयाँ पत्रीका दैनिकका चितवन प्रतिनिधि हुन। प्राध्यापक समेत रहेका अधिकारी इच्छाकामना गाउँपालिका वडा नम्बर ३ कमेरेका स्थायी वासिन्दा हुन्।
यसैगरी सहयोग रकम ग्रहण गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्सालले पत्रकार दिपेन्द्र अधिकारीलाई धन्यवाद दिए। रकम ग्रहणकै क्रममा अधिकृत लम्सालले प्राप्त सहयोग रकम कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारमा खर्च गरिने बताए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.