Gorkha Sansar

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई १ लाख ११ हजार १ सय ११ प्रदान — फाेटाेसहित

रविन्द्र कंडेल
असार २७, गोरखा
गोरखामा कोरोनाबाट ज्यान गएका व्यक्तिको परिवारलाई आज गोरखा समाज अमेरिकाबाट प्राप्त १ लाख ११ हजार १ सय ११ रुपैयाँ पालुङ्टार नगरपालिकाका नगरप्रमुख इ. दिपकबाबु कंडेलले हस्तान्तरण गर्नुभएको छ ।
बैदेशिक रोजगारमा बिगत ८ बर्षदेखि कतारमा रही गत असार १७ गते आफ्नै गाउँ आइपुगेर स्थानीय क्वारेन्टिनमा बसेका ४४ बर्षका पुरुषको गत असार २० गते ज्यान गएको थियो । उनी गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङलीका व्यक्ति थिए । कोरोनाबाट ज्यान गएका उनीलाई सहयोगस्वरुप गोरखा समाज अमेरिकाले पालुङ्टार नगरपालिकाका नगर प्रमुख कंडेल मार्फत सो रकम पिडितको परिवारमा पुर्याएका हुन ।
यस दुखद घडीमा श्रद्धाञ्जली अर्पण गर्दै सहयोग स्वरुप रकम उपलब्ध गराएको समाजका अध्यक्ष अञ्जन श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।
कोरोनाबाट ज्यान गुमाएका निजको ११ बर्षीय छोरी र ४ बर्षका छोरा छन् । समाजबाट उपलब्ध गराइएको सो रकम नगरप्रमुख कंडेलले छोरा संगम कुमालको नाममा चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरण गर्दै नगरप्रमुख कंडेलले यो रकम अमेरिकामा बस्दै आउनुभएका साथीभाइहरुले पठाएको बताउँदै नगरपालिकाको तर्फबाट पनि सहयोग गर्ने प्रविबद्धता समेत व्यक्त गर्नुभयो ।
कतारबाट १७ गते नेपाल आई स्थानीय जीवन ज्योति मा.वि. क्वारेन्टिनमा आएका युवकको १८ गते स्वाब संकलन गरिएको थियो भने १९ गते बिहान उनमा कोरोना पुष्टि भएलगत्तै गोरखा अस्पतालको आइसोलेसनमा लगेर उपचार गर्ने क्रममा २० गते बिहान निधन भएको च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले बताउनुभयो । निजको क्षतिले आफूहरुलाई भावबिब्हल बनाएको समेत उहाँले बताउनुभयो ।

गाेरखा समाज अमेरिकाकाे बिज्ञप्ति जस्ताकाे तस्तै 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.