धादिङ : पहिरोले खानेपानीको पाइप बगाएपछि रुबीभ्याली गाउँपालिका-५ छुम्राङ गाउँमा पानीको हाहाकार भएको छ। तत्काल पहिरो पन्छाएर पाइप जडान गर्न नसकिने भएपछि यहाँका स्थानीय आकासको पानी संकलन गरेर पिउन बाध्य छन्। खानेपानीको पाइप जोड्नै नमिल्ने गरी पहिराले बगाएपछि गाउँमा खानेपानीको समस्या परेको हो। रुबीभ्याली गाउँपालिका-५ स्थित डेजोङबाट ल्याएको खानेपानीको पाइप असार १९ गतेको पहिरोले ठूलो क्षति पुर्याएको स्थानीय योराम तामाङले बताए। पहिरोले खानेपानीको पाइप क्षति गरेपछि गाउँमा खानेपानीको प्रबन्धसमेत नभएको तामाङले सुनाए। छुम्राङ गाउँमा १४ घर बस्ती छ। चारैतिरबाट भिरले घेरेको र पहिरो पनि खसेका कारण गाउँमा तत्काल नयाँ पाइपलाइन जडान गर्न नसकिने अवस्था रहेको वडा अध्यक्ष धिराज तामाङले जानकारी दिए। वडा अध्यक्ष तामाङका अनुसार पहिरोले पाइप अड्याउन बनाइएको तुइनसमेत टुटेको छ। अहिले गाउँबासीले आकाशे पानी संकलन गरेर पिउने गरेका छन्। धेरैको घरमा पानी संकलन गर्ने भाँडासमेत नहुँदा थप समस्या रहेको स्थानीय हिम्बा तामाङले बताए। यहाँका स्थानीयलाई एक वर्ष अघि शान्ति नेपाल नामक गैरसरकारी संस्था र वडा कार्यालयले खानेपानीको पाइप जडान गरिदिएका थिए। पहिरोका कारण समस्या भएपछि समस्या समाधानका लागि अध्ययन भइरहेको वडा अध्यक्ष तामाङले बताए।
थप समाचार
-
बिमलनगरमा बस र स्कुटर ठोक्किँदा दुई गम्भीर घाइते
गोर्खा संसारOctober 11, 2025तनहुँ, असोज २५ बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जना गम्भीर रूपमा घाइते भएका छन्। दुर्घटना दिउँसो करिब १२:१० बजे पृथ्वी राजमार्गमा भएको हो। आ... -
सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको म्याद असोज मसान्तसम्म
गाेर्खा संसारSeptember 19, 2025काठमाडौं, ३ असोज । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयसीमा असोज मसान्तसम्म लम्ब्याएको छ। गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली–२०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको ... -
लुम्बिनी प्रदेशले जेन–जी आन्दोलनबाट भएको क्षति सार्वजनिक गर्यो
गाेर्खा संसारSeptember 17, 2025बुटवल, ०१ असाेज । लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट पुगेको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । निमित्त प्रमुख सचिव लिलाधर सुवेदीका अनुसार, आन्... -
विराटनगरमा लुटिएका सामान फिर्ता अभियान
गाेर्खा संसारSeptember 14, 2025भाटभटेनी सुपरमार्केटमा आगजनीपछि भएको लुटपाटबाट संकलित सामग्री फिर्ता गराउने अनौठो नागरिक अभियान विराटनगरमा सुरु भएको छ । सामाजिक अभियन्ता पारुल क्षेत्रीको नेतृत्वमा य... -
सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री
गाेर्खा संसारSeptember 13, 2025काठमाडौं — जेन–जी विद्रोहको राजनीतिक हलचलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ। पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इ... -
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी
गाेर्खा संसारSeptember 9, 2025काठमाडौं, २४ भदौ - नेपाली सेना प्रमुख अशोकाराज सिग्देलले राष्ट्रको नाममा महत्वपूर्ण सम्बोधन गर्न तयारी गरिरहेका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि उनले केही समयका लागि स...