तनहुँको व्यास नगरपालिकाले १ अर्ब ५२ करोड ५७ लाख ५१ हजार को बजेट सार्बजानिक गरेको छ । बिहीबार सम्पन्न ३३ औं नगर सभाले उक्त वजेटको आयव्याय सार्वजानिक गरेको हो । नगर सभा पछि आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख वैकुण्ठ न्यौपानेले उक्त बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो । नगर प्रमुख न्यौपानेका अनुसार सभाले शिक्षा युवा तथा खेलकुद कार्यक्रमको लागि ४४ करोड ५० लाख बजेट बिनियोजन गरेको छ । यसैगरी पर्यटन प्रबद्धन कार्यक्रमको लागि ४ करोड ५८ लाख छुट्टाईएको छ । कृषि तथा पशुसेवा कार्यक्रमको लागि ३ करोड ८३ लाख, स्वास्थ्य सम्बन्धि कार्यक्रमको लागि ७ करोड ४८ लाख ८७ हजार, महिला, जनजाति, दलित, अपाङ एवं जेष्ठ नागरिक कार्यक्रमको लागि १ करोड ३ लाख विनियोजन गरिएको छ । यस्तै वडा कार्यालय पहुँच मार्ग निर्माणकोे लागि १ करोड ९० लाख , अन्य मार्ग सडक मार्ग र सडक नाला निर्माण तथा मर्मत ९ करोड १५, खानेपानी र विद्युतीकरण पूर्वाधार निमार्ण तथा मर्मत २ करोड ७७ लाख ७० हजार विनियोजन गरिएको छ । यस्तै गरी वातावरण तथा सरसफाई र विपद व्यवस्थापन कार्यक्रमको लागि १ करोड ४० लाख, केन्द्र एवं वडा कार्यालय भवन निर्माण तथा मर्मतको लागि १ करोड र अन्य विविध (कार्यालय चालु खर्च, वडा स्तरीय र अन्य ससर्त)को लागि ७५ करोड ७६ लाख ९४ हजार विनियोजन गरिएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख न्यौपाने व्यास नगरपालिकाकाले भाडामा सञ्चालन गरेका व्यवसायीहरुको लागि दुई महिनाको भाडा मिनाहा गर्ने, कृषक तथा सहकारी, समुहसँग सहकार्य गरी कृषि उत्पादन बजारीकरणको लागि कृषि साझेदारीमा माग भए बमोजिमको कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने, नगरपालिकाले नै एम्बुलेन्स तथा सव वाहन सञ्चालनमा ल्याउने जस्ता कार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो । दमौली अस्ताललाई १५ बेडबाट स्तर उन्नती गरी ५० बेड बनाउनको लागि कृर्षि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको १३ रोपनी जग्गा दमौली अस्पताललाई हस्तान्तरण गर्न पारित गरिएको उहाँले जानकारी दिनुभयो । यसैबीच नगर सभाले आर्थिक ऐन २०७७, वातावरणीय परिक्षण एवं व्यवस्थापन ऐन–२०७७, विनियोजन ऐन, व्यवसाय ऐन पनि सर्वसम्मत पारित गरिएको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो ।
थप समाचार
-
भानुमा दर्दनाक घटना: आमा र एक वर्षीय छोरा मृत अवस्थामा फेला
गोर्खा संसारApril 7, 2026भानु–तनहुँ, चैत २४ तनहुँको भानु नगरपालिका–६ पण्डिथरमा आमा र उनका एक वर्षीय छोरा मृत अवस्थामा फेला परेका छन्। स्थानीय राजु परियारकी २५ वर्षीया श्रीमती सरिता परियार घरबाट केही टाढा र... -
पत्रकारलाई फोटो/भिडियो खिच्न रोक: तनहुँ शाखाद्वारा कडा आपत्ति
गोर्खा संसारApril 7, 2026पत्रकारलाई फोटो/भिडियो खिच्न रोक: तनहुँ शाखाद्वारा कडा आपत्ति दमौली, २४ चैत । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सार्वजनिक कार्यक्रममा पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको घ... -
दुईतिहाइको बहुमत र सभामुख अर्याल : संसद्लाई निष्पक्ष र प्रभावकारी बनाउने चुनौती
गोर्खा संसारApril 5, 2026काठमाडौं / जेनजी आन्दोलनले नेपालमा पुराना दलहरूको शासनसत्ता मात्र ढलेन, वर्षौंदेखि जकडिएको संसदीय समीकरण पनि फेरबदल गर्यो । गत फागुन २१ मा भएको चुनावले व्यवस्थापिका र कार्यपालिका द... -
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
मर्जरपछि नयाँ कार्यदिशा सार्वजनिक गर्दै Khalti by IME ले पोखरामा एजेन्टसँग अन्तरक्रिया
Bijay KumalFebruary 14, 2026शनिबार, फागुन २ गते २०८२ मा Khalti by IME ले पोखराको शृजना चोकस्थित White House Party Palace मा “Agent अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको...