तनहुँको व्यास नगरपालिकाले १ अर्ब ५२ करोड ५७ लाख ५१ हजार को बजेट सार्बजानिक गरेको छ । बिहीबार सम्पन्न ३३ औं नगर सभाले उक्त वजेटको आयव्याय सार्वजानिक गरेको हो । नगर सभा पछि आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख वैकुण्ठ न्यौपानेले उक्त बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो । नगर प्रमुख न्यौपानेका अनुसार सभाले शिक्षा युवा तथा खेलकुद कार्यक्रमको लागि ४४ करोड ५० लाख बजेट बिनियोजन गरेको छ । यसैगरी पर्यटन प्रबद्धन कार्यक्रमको लागि ४ करोड ५८ लाख छुट्टाईएको छ । कृषि तथा पशुसेवा कार्यक्रमको लागि ३ करोड ८३ लाख, स्वास्थ्य सम्बन्धि कार्यक्रमको लागि ७ करोड ४८ लाख ८७ हजार, महिला, जनजाति, दलित, अपाङ एवं जेष्ठ नागरिक कार्यक्रमको लागि १ करोड ३ लाख विनियोजन गरिएको छ । यस्तै वडा कार्यालय पहुँच मार्ग निर्माणकोे लागि १ करोड ९० लाख , अन्य मार्ग सडक मार्ग र सडक नाला निर्माण तथा मर्मत ९ करोड १५, खानेपानी र विद्युतीकरण पूर्वाधार निमार्ण तथा मर्मत २ करोड ७७ लाख ७० हजार विनियोजन गरिएको छ । यस्तै गरी वातावरण तथा सरसफाई र विपद व्यवस्थापन कार्यक्रमको लागि १ करोड ४० लाख, केन्द्र एवं वडा कार्यालय भवन निर्माण तथा मर्मतको लागि १ करोड र अन्य विविध (कार्यालय चालु खर्च, वडा स्तरीय र अन्य ससर्त)को लागि ७५ करोड ७६ लाख ९४ हजार विनियोजन गरिएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख न्यौपाने व्यास नगरपालिकाकाले भाडामा सञ्चालन गरेका व्यवसायीहरुको लागि दुई महिनाको भाडा मिनाहा गर्ने, कृषक तथा सहकारी, समुहसँग सहकार्य गरी कृषि उत्पादन बजारीकरणको लागि कृषि साझेदारीमा माग भए बमोजिमको कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने, नगरपालिकाले नै एम्बुलेन्स तथा सव वाहन सञ्चालनमा ल्याउने जस्ता कार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो । दमौली अस्ताललाई १५ बेडबाट स्तर उन्नती गरी ५० बेड बनाउनको लागि कृर्षि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको १३ रोपनी जग्गा दमौली अस्पताललाई हस्तान्तरण गर्न पारित गरिएको उहाँले जानकारी दिनुभयो । यसैबीच नगर सभाले आर्थिक ऐन २०७७, वातावरणीय परिक्षण एवं व्यवस्थापन ऐन–२०७७, विनियोजन ऐन, व्यवसाय ऐन पनि सर्वसम्मत पारित गरिएको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो ।
थप समाचार
-
बिमलनगरमा बस र स्कुटर ठोक्किँदा दुई गम्भीर घाइते
गोर्खा संसारOctober 11, 2025तनहुँ, असोज २५ बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जना गम्भीर रूपमा घाइते भएका छन्। दुर्घटना दिउँसो करिब १२:१० बजे पृथ्वी राजमार्गमा भएको हो। आ... -
विराटनगरमा लुटिएका सामान फिर्ता अभियान
गाेर्खा संसारSeptember 14, 2025भाटभटेनी सुपरमार्केटमा आगजनीपछि भएको लुटपाटबाट संकलित सामग्री फिर्ता गराउने अनौठो नागरिक अभियान विराटनगरमा सुरु भएको छ । सामाजिक अभियन्ता पारुल क्षेत्रीको नेतृत्वमा य... -
सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री
गाेर्खा संसारSeptember 13, 2025काठमाडौं — जेन–जी विद्रोहको राजनीतिक हलचलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ। पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इ... -
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी
गाेर्खा संसारSeptember 9, 2025काठमाडौं, २४ भदौ - नेपाली सेना प्रमुख अशोकाराज सिग्देलले राष्ट्रको नाममा महत्वपूर्ण सम्बोधन गर्न तयारी गरिरहेका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि उनले केही समयका लागि स... -
‘जेनजी युवाको कब्जामा सिंहदरबार, प्रहरी–सेना पछि हटे’
गोर्खा संसारSeptember 9, 2025'जेनजी युवाको कब्जामा सिंहदरबार, प्रहरी–सेना पछि हटे' २४ भदौ, काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार आज जेनजी युवाहरूको नियन्त्रणमा पुगेको छ । आक्रोशित प्रदर्शनकारीहर... -
जेन जी पुस्ताको आन्दोलन: प्रधानमन्त्री ओलीको पराजय र नयाँ नेतृत्वको आवश्यकता
गाेर्खा संसारSeptember 9, 2025नेपालमा जेन जी पुस्ताले उठाएको आन्दोलनले देशको राजनीतिक परिदृश्यमा ठूलो खल्बली मच्चाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १९ जना निहत्था प्रदर्शनकारीमाथि गोली चलाउने घटनापछि आफ्नो...