Gorkha Sansar

गजल -सुदर्शन कँडेल

घाम र जुन जस्तै भैयो, मिलाउन नसकिने
धुजाधुजा भयो यो मन, सिलाउन नसकिने
मरिहाल्न नसकिने बाँच्न झनै मुस्किल रैछ
अमृत जहर एकै लाग्छ, पिलाउन नसकिने
तिमि सँगै मोति जस्तै टल्किने मन मरेपनि
शीतको थोपा जस्तै गरि, बिलाउन नसकिने
हासो खुशी बिश्वास जे मा पनि चुकेछु म
कस्तो माया लाईयो खुशि, दिलाउन नसकिने
रिस राग छैन सानू गरेर र नि के अर्थ खै
रिस गरेर सारा संसार, हिलाउन नसकिने

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.