Gorkha Sansar

गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या १ हजार ११६

 असार २४-

गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या १ हजार ११६ पुगेको छ।

विज्ञप्ति अनुसार बागलुङको गलकोटकी २४ वर्षीया महिलासहित तनहुँको म्याग्देका २९ वर्षीय तथा म्याग्दीको बेनी निवासी ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयले दुई दिनअघि सोमबार गण्डकीमा संक्रमितको संख्या १ हजार ११३ भएको जनाएको थियो । त्यसपछि भने उसले संक्रमण बढे नबेढकोबारे कुनै जानकारी दिएन।

निर्देशनालयका अनुसार गण्डकीमा हालसम्म १८ हजार ६६० जनाको स्वाब संकलन गरिएको छ। तीमध्ये १७ हजार ९७ जनाको नेगेटिभ आएको छ भने ३५३ जना संक्रमित भएर पनि निको भएका छन्। संक्रमणबाट गण्डकीमा ४ जनाको मृत्यु भएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.