Gorkha Sansar

मृगौंला पिडीत ढकाल र तामाङ्गलाई छबिसे टोलको आर्थिक सहयोग

 

आँबुखैरेनी, १७ असार ।

तनहुँको आँबुखैरेनी–३, स्थित छबिसे टोल सुधार समितीले दुबै मृगौंला फेल भएका २ जना मृगौंला पिडीतलाई आर्थिक सहयोग गरेको छ । छबिसे टोल नजिकै कोठा भाडामा लिएर बस्दै आउनुभएका मृगौंला पिडित मंगल ढकाल र भुवन तामाङ्गको उपचारमा सहयोग पु¥याउने हेतुले जनही नगद ५ हजार १ सय रुपैंया सहयोग गरिएको समितीका अध्यक्ष नस्तु कंडेलले जानकारी दिनुभयो । समितीका अध्यक्ष कंडेल र कोषाध्यक्ष दुर्गा थापाले मृगौंला पिडीत ढकाल र तामाङ्ग बस्ने कोठामा गएर आर्थिक सहयोग गरिएको अध्यक्ष कंडेलले बताउनभयो । कोरोना भाईरस संक्रमणको जोखिम न्यूनिकरण तथा नियन्त्रणका लागि सरकारद्धारा गरिएको लकडाउनको यस बिषम परिस्थितीमा विपन्न वर्गका दीर्घ रोगी तथा दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आउनुभएकाहरु बढी प्रभावित हुने भएकोले सबैले आ–आफ्नो स्थानबाट सबैले सक्दो सहयोग गर्नुहुन उहाँले आग्रह गर्नुभएको छ । मृगौंला पिडितद्वोय ढकालको दमौंली र तामाङ्गको भरतपुरमा डाईलासिस हुदै आएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.