Gorkha Sansar

दमाैलीकाे अाइसाेलेसनमा युवाहरूद्वारा दुध व्यवस्थापन

दमौली अस्पतालले कोभिड-१९ सन्क्रमितको लागी स्थापना गरिएको व्यास १ स्थित आदिकबि भानुभक्त क्याम्पस र व्यास ३ स्थित आईसोलेसन कक्षमा १ महिना सम्मको लागि दमौलीको युवाले दैनिक २० लिटर सम्म दुध व्यवस्थापन गर्ने भएका छन।

आईसोलेसन कक्षमा रहेका नागरिकलाई उपचारको क्रममा पौष्टिक आहारको कमि नहोस भनि असार १५ गतेदेखि श्रावणको १५ गते सम्मको लागी दुग्ध व्यवस्थापन गर्ने भएका हुन ।

हाल राज्यले तोकेका र दिदै गरेका सुबिधा भित्र दुध नपरेको देखेपछि केही सहयोगहोस भनी व्यवस्थापन गरिएको सहयोगि बताउछन। दमौली निबासी युवाहरु लक्ष्मीभक्त खनाल, मोहन कुमार श्रेष्ठ, बसन्त बहादुर आले र महेश बतास समेत ४ जनाले करिब ६० हजार बराबरको दुग्ध व्यवस्थापन गर्ने कार्य शुरु गरेका हुन। सहयोग दाताहरुको व्यवस्थापनमा १५ गतेदेखि नै आईसोलेसनका नागरिकलाई दुध दिन शुरु गरिएको आईसोलेसन रहेको क्याम्पसको सेवक सजय श्रेष्ठ र व्यास ३ स्थित आईसोलेसन कक्षको अहेब महेन्द्र गौतमले बताए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.