Gorkha Sansar

महिलालाई नाङगै बनाएर एक्सरे गर्ने एकजना स्वास्थ्यकर्मी पक्राउ

दाङ : उपचारका लागि अस्पताल पुगेकी एक महिलालाई नाङगै बनाएर एक्सरे गर्ने एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको घोराहीमा रहेको नीजि अस्पताल गोरखा अस्पतालमा महिलालाई नांगै बनाएर एक्सरे गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका हुन्।

घोराहीको १५ मा रहेको गोरखा हस्पिटलमा छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई नाङ्‍गै बनाएको आरोपमा अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको दाङ प्रहरीका प्रवक्ता डीएसपी सुमित खड्काकाले बताए ।

डाँगीलाई सोमबार बिहान पक्राउ गरिएको हो । उनका अनुसार महिलाका श्रीमानले ती स्वास्थ्यकर्मीले आफ्नी श्रीमतीलाई छातीको एक्सरे गर्दा नाङ्‍गै बनाएको भन्दै उजुरी दिएका थिए । उजुरीमा छातीको एक्सरे गर्दा छातीको भागका कपडाका साथै कम्मरमुनी समेत कपडा खोल्न लगाएर नाङ्‍गै बनाएको उजुरीमा उल्लेख भएको खड्काले बताए ।

आइतबार अस्पतालमा छातीको एक्सरे गर्न आएकी एक महिलालाई डाँगीले पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेपछि प्रहरीले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता खड्काले जानकारी दिए ।

source : annapurnapost

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.