Gorkha Sansar

आँबुखैरेनीमा पहिरोेको कारण अबरुद्ध खानेपानी सेवा भोलि बेलुका सम्ममा सुचारु गरिने ।।

 

आँबुखैरेनी, असार ९ गते ।

तनहुँको आँबुखैरेनीमा पहिरोेको कारण आज बिहान देखि अबरुद्ध बनेको खानेपानी सेवा भोलि बेलुका सम्ममा सुचारु गरिने खानेपानी सेवा आँबुखैरेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितीले जनाएको छ । केही दिन अगाडी देखि परिरहेको निरन्तर वर्षाका कारण आज बिहान साढे ६ बजे आँबुखैरेनी–२, मा पहिरोले नयाँ र पूरानो खानेपानीको मुख्य पाइप लाइनमा क्षती पु¥याएपछि खानेपानी सेवा अवरुद्ध भएको थियो । भिरालो तथा निकै अप्ठ्यारो स्थानमा पहिरोले पाइपमा क्षति पु¥याएको र मर्मत गर्न समस्या भएकोले आज खानेपानी सेवा उपभोक्ता माझ पु¥याउन नसकिएको समितीका अध्यक्ष नस्तु कंडेलले जानकारी दिनुभयो । पाइपको मर्मत कार्य जारी रहेको र भोलि बुधबार बेलुका सम्ममा उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउने समितीका अध्यक्ष कंडेलले बताउनुभयो । पहिरोको कारण खानेपानी सेवा अवरुद्ध हुँदा पाउरोटी भण्डार, चिसापानी टोल, आँबुखैरेनी चोक टोल, शिद्धि गणेश टोल, बीच बजार टोल, छबिसे टोल, शान्ति टोल, प्रगती टोल, बिद्यालय मार्ग, तल्लोबजार, डाँडा टोल, बसपार्क, राम शाह टोल लगाएतका १ हजार ५१ जना ग्राहक प्रभावित भएका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.