८ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ३ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १२७ मिटर लामो सिंढी निर्माण गरिएको छ ।
नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सवै वडाहरुका लागि ४ लाख २२ हजार रुपैयाँ बिनियोजन गरिएको थियो सोही बजेट बाट वडा नं. ३ मा अधिकारी गाउँ पाच्यान मार्गमा सिँढी लगाइएको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पार्वती पाठकले बताउनुभयो ।
उहाँँका अनुसार वडा नं. ३ को ऐतिहासिक स्थल भएकाले सो कामलाई प्राथमिकता दिइएको हो ।
सो कार्यको लागि ३९ जनाले १२ दिनसम्म काम गरेका थिए ।
ऐतिहासिक कालमा चेपे दोभानदेखि लिगलिगकोटसम्म दौडेर जित्नेले राजा बन्ने प्रचलन हुँदा घले दौड जित्नको लागि बीच बाटोमा पर्ने उक्त स्थानमा द्रव्य शाहले पाँच जनालाई मार्न लगाई गाडिएकोले उक्त स्थानको नाम पाच्यान राखिएको बताइएको छ ।