Gorkha Sansar

पिसिआर रिपोर्ट छिटो आउने बनाउन सांसद दवाडीको जोड

पिसिआर रिपोर्ट ढिला गरी आउँदा गाउँका स्थानीयबासिन्दा आतंकित हुने गरेको भन्दै गण्डकी प्रदेश सभाका सांसद प्रकाशचन्द्र दवाडीले छिटो छिटो रिपोर्ट आउने व्यवस्था मिलाउन जोड दिए ।
‘स्वाब संकलन गरेर लगेको दुई हप्तासम्म कोरोनाको रिपोर्ट आउँदैन । यसले गर्दा गाउँका मान्छे आतंकित हुने गरेका छन्’, बिहिबार संसदमा बोल्दै दवाडीले भने, ‘कार्यकर्तालाई कनिका बाँडे झैँ बाँड्ने बजेट पिसिआर परीक्षण गर्ने मेसिन खरद गर्नमा प्रयोग गर्नुपर्छ । छिटो छिटो रिपोर्ट दिने व्यवस्था मिलाउन सरकारको ध्यान जाओस् ।’
उज्यालो कार्यक्रम भनेर सरकारले विद्युत प्राधिकरणले ठेक्का गरिसकेको ठाउँमा विद्युत पोल लगेर गराका कुनामा थुपारेर राख्ने काम गरेको भन्दै सांसद दवाडीले आलोचना गरे । त्यस्तै सरकारले दुईबर्षभित्र एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने भनेकोमा अहिलेसम्म सम्पन्न नहुँदा कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना गरे ।
गोरखाको नाम्रुङदेखि तिब्बत जोड्ने सडक निर्माणका लागि तीनबर्षअघिदेखि बजेट छुट्याए पनि काम सुरु समेत हुन नसकेको भन्दै सरकारको आलोचना गरे । अबण्डा शीर्षकमा बजेट धेरै राखेर कार्यकर्ता पोस्ने बाटो गरिएको भन्दै सांसद दवाडीले बिरोध गरे । खाडी मुलुकमा रहेका प्रदेशबासीलाई त्यहीँ बस्ने व्यवस्था मिलाउने वा आउन चाहनेलाई आउने खर्चको व्यबस्था प्रदेश सरकारले गर्नुपर्ने सुझाव उनले दिए ।
प्रदेशको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न हरेक पालिकामा कर्मचारीको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । पर्यटकीय क्षेत्रमा पदमार्ग र जडिबुटी हुने क्षेत्रमा जडिबुटी खेती गर्ने कार्यक्रमलाई प्रभावकारी रुपमा ल्याउनु पर्नेमा त्यसो नगरिएको उनले आरोप लगाए ।

दरा

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.