Gorkha Sansar

क्वारेन्टिनमा बसेकाहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि निःशुल्क रुपमा औषधी वितरण गर्ने

घैरुङ, ५ असार
गोरखाको सहिद लखन गाउँपालिकाले क्वारेन्टाइनमा बसेकाहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि निःशुल्क रुपमा औषधी वितरण गर्ने भएको छ। बिहिबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि निःशुल्क रुपमा औषधी वितरण गर्ने निर्णय गरेको हो।
कार्यपालिकाको बैठकले अन्य विभिन्न निर्णयहरु समेत गरेको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत जिवन बहादुर आले मगरले बताए। अधिकृत आलेका अनुसार कोरोना संक्रमण पोजेटिभ देखिएकालाई क्वारेन्टाईनबाट आईसोलेसन पु¥याउने एम्बुलेन्स चालकलाई प्रत्साहन स्वरुप २ हजार ५ सय रुपैयाँ र बाहिरबाट आएकाहरुलाई क्वारेन्टाईनमा पुर¥याउने एम्बुलेन्स चालकलाई प्रत्साहन स्वरुप १ हजार ५ सय रुपैयाँ दिने निर्णय भएको छ।
यस्तै क्वारेन्टाईन स्थललाई थप व्यवस्थित बनाउने पनि निर्णय भएको उनले बताए। जस अनुसार क्वारेन्टाईन स्थलमा स्पिकर जडान गर्ने, इन्टरनेट जडान गर्ने भएका छन्।
पछिल्लो समय सहिद लखन गाउँपालिकाको क्वारेन्टाइनमा ४० जना रहेका छन् जस मध्य ४ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.