Gorkha Sansar

च्याङ्ली सामुदायिक सिकाइ केन्द्रद्धारा क्वारेन्टिनलाई सामग्री हस्तान्तरण

३ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित जीवन ज्योति मा.वि. क्वारेन्टिनका लागि च्याङ्ली सामुदायिक सिकाइ केन्द्रले सामग्री हस्तान्तरण गरेको छ ।
कोभिड १९ का कारण बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिँदै गएपछि नेपालमा लकडाउनका कारण समस्या भएसँगै भारत लगायत नेपालका बिभिन्न स्थानहरुबाट आएका मानिसहरुलाई क्वारेन्टिनमा राख्नको लागि जीवन ज्योति मा.वि.मा पनि क्वारेन्टिन स्थापना गरिएको छ ।
क्वारेन्टिनमा रहेका व्यक्तिहरुको पि.सि.आर.परीक्षण गरिएको र उनीहरुको परिणाम आउँदा कसैको पोजेटिभ देखिएमा उनीहरुलाई बेग्लै आइसोलेसनको रुपमा राख्नको लागि ४ वटा कोठा व्यवस्थापन गरिएको छ । सो कोठाहरुमा च्याङ्ली स्वास्थ्य चौकीबाट ३ वटा बेड ल्याइएको र ती बेडहरुमा राख्नको लागि आवश्यक पर्ने म्याट्रेस, तन्ना, सिरानी, ब्ल्याङकेट लगायतका सामग्रीहरु आज सिकाई केन्द्रका अध्यक्ष रबिन्द्र कंडेलले क्वारेन्टिन व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । बिद्यालयमा पोजेटिभ आएकाहरुलाई राख्नको लागि पूर्व तयारीको रुपमा बनाइएको कोठामा आवश्यक सामग्री हस्तान्तरण गर्ने क्रममा क्वारेन्टिन व्यवस्थापन समितिका सदस्य सचिव भरत राज पाण्डे, च्याङ्ली सामुदायिक सिकाई केन्द्रका सदस्यहरु गणेशलाल श्रेष्ठ, इन्द्र कोइराला लगायतकाको उपस्थिति रहेको थियो ।
सो क्वारेन्टिनमा हाल २६ जना व्यक्तिहरु रहेका छन् । यसअघि सो क्वारेन्टिनमा रहेका सहित गोरखा हिरासतमा कोरोना पोजेटिभ देखिएकाको परिवार सदस्य सहित आफन्त तथा सुरक्षाकर्मी लगायत ४७ जनाको स्वाब संकलन गरी परिक्षणको लागि पठाइएकोमा हालसम्म १८ जनाको परिणाम नेगेटिभ आएको छ भने बाँकीको नतीजा आउन बाँकी रहेको छ ।
त्यस्तै गरी सो क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई दिनको लागि मयुर हर्बल प्रा.लि.का सञ्चालक शिव कुमार श्रेष्ठले १ कार्टुन साबुन समेत हस्तान्तरण गर्नुभएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.