Gorkha Sansar

कोरोना संक्रमण देखिएका नारेश्वरका युवा तीन दिन पैदल हिडेर गोरखा आएका

कोरोना संक्रमण देखिएका नारेश्वरका युवा तीन दिन पैदल हिडेर गोरखा आएका थिए

मनकामना बहिरा मावि क्वारेण्टाइनमा कोरोना पोजेटिभ देखिएका एकजना काठमाडौंबाट आएको खुलेको छ ।

गोरखा नगरपालिका ३ नारेश्वर घर भएका उनी काठमाडौंको एक होटलमा काम गर्ने ३६ बर्षका युवा रहेको खुलेको हो ।

उनी २८ दिनअघि काठमाडौंबाट पैदल हिडेर गोरखा आएका थिए । पहिलो रात धार्केमा, दोस्रो रात कुरिनटारको पाटीमा बास बसेका उनी तेस्रो दिनमा मझुवा पुल हुदै गोरखा प्रवेश गरेको पाइएको छ । मझुवा होल्डिङ सेण्टरमा राखी उनलाई मनकामना बहिरा माविको क्वारेण्टाइनमा राखिएको परिबारस्रोतले जनाएको ।

उनलाई कसको सम्पर्कबाट कोरोना संक्रमण देखियो भन्ने बारे अन्यौल रहेको परिबार स्रोतले जनाएको छ ।

उनीसहित मनकामना बहिरा माविको क्वारेण्टाइनमा रहेका सातै जनालाई गोरखा अस्पतालको आइसोलेशनमा ल्याउने तयारी गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

नेपालभित्रबाट आउने सर्वसाधारणमा पनि कोरोना पोजेटिभ देखिने भएकाले जिल्ला प्रवेश गर्ने जो कोहीलाई क्वारेण्टाइनमा राख्नु आवश्यक देखिएको वडा नं. ३ का अध्यक्ष राम बोगटीले जानकारी दिए ।

‘भारतबाट आउनेमा मात्र कोरोना आउने, नेपालबाट आउनेमा कोरोना नआउने भन्ने त होइन रहेछ । यहाँ हामी आर्मी, पुलिस हौं भन्दै ड्रेस लगाएर आउने, कसैले छेकथुन पनि नगर्ने चलन छ’, उनले भने, ‘यसरी आउने जाने गर्दा कोरोना सर्ने त्रास हुने रहेछ । यस्तो काम तत्काल बन्द गर्नुपर्ने देखिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.