गोरखा संसार
जेठ २९,गोरखा
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटमा सुत्केरी महिलाहरुका लागि पोषण सामग्री बितरण गरिएको छ ।
वडा कार्यालयको आर्थिब वर्ष २०७६÷०७७ को बिनियोजित रकमबाट धुवाँकोट स्वास्थ्य चौकीमार्फत यस आ.व. भित्र सुत्केरी भएका महिलाहरुका लागि सुत्केरी सामग्री बितरण गरिएको धुवाँकोट स्वास्थ्य चौकी का इन्चार्ज लक्ष्मण श्रेष्ठले बताउनुभयो ।
वडा कार्यालयबाट बिनियोजित रकमबाट वडाभित्रका सबै सुत्केरी महिलाहरु ७० जनालाई सामग्री बितरण गरिएको हो । वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलको उपस्थितिमा सामग्री बितरण गरिएको थियो ।
हरेक ब्यक्तिका लागि अण्डा, आंटा, तेल, चिनी, चना, सरसफाइ सामग्री सहित आवश्यक सल्लाह तथा परामर्श समेत प्रदान गरिएको बताइएको छ ।
थप समाचार
-
पालुङटारमा अंग्रेजी बिषय समिति गठनः अध्यक्षमा भाइकृष्ण सुनार
गोर्खा संसारDecember 14, 2025मंसिर २८, गोरखा गाेरखाकाे पालुङटार नगरपालिकाले असल सिकाइ अभ्यास अादान प्रदान कार्यक्रमसंगै अाज एक कार्यक्रमका बीच भाइकृष्ण सुनारकाे अध्यक्षतामा ७ सदस्यीय अंग्रेजी बिषय काे बिषयगत ... -
रतौलीमा आयोजित सप्ताह ज्ञानमहायज्ञमा २२ लाख नाघ्याेः पर्सि समापन,भक्तजन निकै उत्साहित
गोर्खा संसारNovember 28, 2025तनहुँ १२ मंङ्गसिर व्यास नगरपालिका–१ रतौली स्थित जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको सातौं दिनसम्म २२ लाख ८७ हजार ४३८ रुपैयाँ दान संकलन भएको छ । मन्दिर... -
मिडभ्याली अन्तरविद्यालय बृहत विज्ञान प्रदर्शनीको आयोजना, ६७ विद्यालय सहभागी
गोर्खा संसारNovember 28, 2025भक्तपुर – मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२ को आयोजना गरेको छ। मध्यपुरठिमी स्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीम... -
लोकतन्त्र र सुशासन बिषयक तालिम नेपालगञ्जमा
गोर्खा संसारNovember 28, 2025नेपालगञ्ज बास नेपालको आयोजनामा नेपालगञ्जमा लोकतन्त्र र सुशासन बिषयक तालिम सम्पन्न गरिएको छ । बास नेपालले संस्थाका सक्रिय सदस्यहरुलाई लक्षित गरि हरेक महिना बिभिन्न तालिमहरु गर्दै आए... -
सिम्रिक एयरको हेलिकोप्टरबाट उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार
गोर्खा संसारNovember 13, 2025उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुबाट सुत्केरी महिला रिञ्जिन पाल्मो लामाको उद्धार गरिएको गाउँपालिकाको स... -
भारद्वाज गोत्रीय कडेल बन्धुहरूको कोशी प्रदेश स्तरीय भेला सम्पन्न : संयोजकमा तीर्थराज कडेल चयन
गोर्खा संसारOctober 26, 2025कार्तिक ८, झापा । भारद्वाज गोत्रीय कँडेल बन्धुहरूको भेलाले तीर्थराज कडेलको संयोजकत्वमा पाँच सदस्यीय कडेल बन्धुहरूको वंशावली खोज अनुसन्धान समिति गठन गरेको छ । शिव शताक्षी वडा नम्बर...
