Gorkha Sansar

क्रान्तिकारीका अध्यक्ष ढकाल रिहा

काठमाडौँ :अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल रिहा भएका छन् । सर्वोच्च अदालतमा आइतबार भएको बन्दी प्रत्यक्षीकरणको बहसपछि ढकाल रिहा भएका हुन् ।

अधिवक्ता कान्तिराम ढुङ्गानाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि भएको बहसमा ढकाललाई पर्याप्त प्रमाण र आधारबिना प्रहरीले गिरफ्तार गरेको भन्दै अदालतले रिहाइको आदेश दिएको थियो । अधिवक्तासमेत रहेका ढकालका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष ईश्वरी भट्टराई, बारका पूर्वमहासचिव सुनील पोख्रेल, बार एसोसिएसनका ललितपुर अध्यक्ष अर्जुन महर्जन, ह्युमन राइट्सका भुवन निरौला, गोविन्द बन्दी, कान्तिराम ढुङ्गानालगायत कानुन व्यवसायीहरूले बहस गरेका थिए ।

जेठ २१ गते बुधबार जिल्ला अदालत भक्तपुरतिर जाँदै गरेको बेला प्रहरीले ढकाललाई माइतीघर मण्डलाबाट गिरफ्तार गरी टेकु प्रहरीमा राखेको थियो । अदालती काममा जाँदै गरेको बेला ढकाललाई गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दा लगाइएको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.