Gorkha Sansar

अफगानिस्तान क्रिकेट टिमका खेलाडीहरुलाई आइतबारदेखि प्रशिक्षणमा बोलाइयाे

गाेरखा संसार

२६ जेठ

अफगानिस्तान क्रिकेट टिमका खेलाडीहरुले काबुलमा अभ्यास शुरु गरेका छन् । कोरोना भाइरसको महामारीका कारण लकडाउनमा रहेका खेलाडीहरुलाई आइतबारदेखि प्रशिक्षणमा बोलाइएको हो ।

पहिलो चरणको अभ्यासमा २२ जना खेलाडीलाई बोलाइएको छ । काबुल क्रिकेट स्टेडियममा शुरु भएको अभ्यासमा राशिद खान, मोहम्मद नाबी लगाएतका खेलाडीहरु सहभागी भएका छन् । यि खेलाडीको अभ्यास १ महिनासम्म चल्ने जनाइएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ‘यो क्याम्प कोभिड १९ रोक्नका लागि डब्ल्यूएचओ, आईसीसी तथा अफगानिस्तानाको स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार शुरु गरिएको हो ।’ कोरोना महमारीकाबीचमा अभ्यास गर्ने पहिलो टिम इंग्ल्याण्ड हो ।

अफगानिस्तानका खेलाडीको सूची यस प्रकार छ ।

असगर अफगान, रहमनुल्लाह गुरबाज, हजरतुल्लाह जजई, करीम जनत, मोहम्मद नबी, नजीबुल्लाह जादरान, गुलबदिन नैब, राशिद खान, नवीन उल हक, शपूीर जादरान, कैस अहमद, मुजीब उर रहमान, अजमतुल्लाह उमरजई, समीउल्लाह शिनवारी, उस्मान घानी, मोहम्मद शहजाद, सैयद शिरजाद, दर्विश रसूली, जाहिर खान, फरीद मलिक, हमजा होटक र शरफुद्दीन अशरफ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.