Gorkha Sansar

तलब बृद्धिको माग गर्दै नगरपालिका कार्यालय पुगे स्वास्थ्यका कर्मचारी

गोरखा संसार
जेठ २२,गोरखा
गोरखाको पालुङ्टार नगरपालिका का स्वास्थ्य क्षेत्रमा कार्यरत करारका कर्मचारीहरुले तलब बृद्धिको माग सहित नगरपालिका पुगेका छन् ।
नगरपालिका भित्र का बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत करार कर्मचारीहरु लामो समयदेखि न्यून तलबमा काम गरेको र पटक पटक सम्बन्धित निकायमा पहल गर्दा समेत कसैको ध्यान नपुगेपछि जेठ २२ गते नगरपालिकाको कार्यालयमा पुगेर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख तथा उप प्रमुख र स्वास्थ्य शाखा प्रमुखमार्फत आफ्नो माग प्रस्तुत गरेका हुन ।
नगरपालिकाभित्रका स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र तथा बर्थिङ सेन्टरमा काम गरिरहेका अ.हे.व, अ.न.मी.तथा कार्यालय सहयोगीहरुले सयुक्त निवेदन दिँदै तलब बृद्धिका साथै नेपाल सरकारले स्थायी कर्मचारीलाई उपलब्ध गराउँदै आएको सेवा सुविधासरह आफूहरुलाई पनि व्यवस्था गर्न माग गरेका हुन ।
२४ घण्टा सेवा दिनुपर्ने स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा कार्यरत अ.न.मी.हरुले समेत राम्रो सुविधा नपाएको र संस्थाभन्दा बाहिर रहेर काम गर्नुपर्दा समस्या भएकाले आफूहरुलाई आबास सुविधा समेत व्यवस्था गरिनुुपर्ने च्याङ्ली स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी. राधिका रानाभाट बताउनुहुन्छ ।
बिगत लामो समयदेखि हालसम्म र जस्तोसुकै बिषम परिस्थितिमा पनि आफूहरुले कार्य सम्पादन गरिरहँदा लेबरको दैनिक पारिश्रमिक भन्दा पनि न्यून ज्यालामा आफूहरुले काम गरिरहेकोले आगामी आर्थिक बर्षको बजेट बाँडफाँडमा ध्यान पुगोस भन्ने हेतुले मागपत्र पेश गरिएको खत्रीटार शहरी स्वास्थ्य संस्थाका अ.हे.व. विमला खनाल बताउनुहुन्छ ।
नगरपालिकाभित्र ४ शहरी स्वास्थ्य केन्द्र, १ बर्थिङ सेन्टर, विभिन्न स्वास्थ्य चौकी मा गरी कूल १३ जना स्वास्थ्यकर्र्मी र ४ जना कार्यालय सहयोगीहरु लामो समयदेखि न्यून तलबमा काम गरिरहेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.