Gorkha Sansar

भानुको क्वारेन्टिनमा बसेका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर बिदाई

मनोज श्रेष्ठ

जेठ १५, तनहुँ

तनहुँको भानु नगरपालिकाको वडा नं. २ स्थित तनहुँ शारदा कलेजमा राखिएका १२ जनाको थ्रोट स्वाब संकलन गरी पिसिआर प्रविधिबाट गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनमा बसेकाहरु १२ जनालाई घर पठाइएको छ।

बन्दाबन्दी सुरु भएपछि भारतीय सिमामा आई बसेका तथा बाहिरी जिल्लाबाट आएकाहरुलाई उद्धार गरी तनहुँ शारदा कलेजको क्वारेन्टिनमा राखिएको थियो।क्वारेन्टिनमा रहेका ९ जना पुरुष र ३ जना महिला गरी १२ जनाको पिसिआर परीक्षण गरिएको थियो। रिपोर्ट नेगेटिभ आएपछि उनिहरु लाई घर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वरचन्द्र भट्टराइले बताएका छन् ।

बिहिवार उनिहरुलाई घर पठाइएको हो । घर जानेहरुमा भानु नगरपालिकाको वडा न ७ स्थित बसन्तपुर थानीथान स्थाई घर भै हाल भानु १ कल्याणटार बस्ने बर्ष २९ कि सबिया मिया उनैको छोरा बर्ष १४ को मुसर्रफ मिया, छोरी १८ महिनाकि नुरा मिया, बहिनिहरु बर्ष २९ कि सबिया मिया र बर्ष २३ कि कसिमन मिया, भानु २ का सोमराज अछामी , भानु २ आम्बोटेका बेल बहादुर कामी, भानु ११ रुपाकोटका हरिशरण मगर,भानु १ का नवराज गुरुङ ,भानु ३ का अमृत बि क,भानु ९ का नारायण थापा मगर,भानु ७ का सुमन नेपाली रहेका छन् ।

बिदाई कार्यक्रममा भानु २ का वडा अध्यक्ष अर्जुन खड्का,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वरचन्द्र भट्टराइ,नगरपालिकाका कर्मचारी जित बहादुर घर्ती, सुरक्षाकर्मिहरु लगाएतको उपस्थिति रहेको थियोे ।

भानु नगरपालिकाले तयार गरेको  ज्यामरुक महिला भवनमा २ जना र गंगा प्राथमिक विद्यालयमा १ जना गरी २१ जना क्वारेन्टिनमा राखिएको छन् भने तनहुँ शारदा कलेजमा १८ जना राखिएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.