Gorkha Sansar

स्थायी शिक्षकहरुका लागि खुशीको खबर

रविन्द्र कंडेल
गोरखा संसार
३ जेठ

विद्यालय सञ्चालन भएको १ महिनाभित्र कार्यसम्पादन मूल्याँकन फाराम भरिसक्नुपर्नेमा कोभिड १९ का कारण विद्यालयहरु खुल्न नसक्ने भएसंगै कार्यसम्पादन मूल्याँकन फाराम पनि अहिले तत्काल भर्नुनपर्ने भएको छ ।
स्थायी शिक्षकहरुका लागि बढुवाको मुख्य आधारको रुपमा रहेको का.स.मू फाराम भर्ने सम्बन्धमा केही सूचना नआउँदासम्म शिक्षकहरु निकै अन्यौलमा रहेका थिए ।
शिक्षा मन्त्रालयले जेठ १ गते सूचना जारी गरी का.स.मू. भर्नको लागि विद्यालय खुलेपछि सूचना गरिने बताएको छ ।

शिक्षकको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी सूचना
शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम ३२(घ) को उपनियम ७ मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र शुरू भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

तर कोभिड–१९ को कारण विषम परिस्थिती उत्पन्न भइ २०७६ चैत्र ११ गतेदेखिनै देशभर बन्दावन्दी (लकडाउन) घोपणा भइ सवै विद्यालयहरू पुर्ण रूपमा बन्द भएकोले शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न, दर्ता गराउन तथा मूल्याङ्कन गराउन नसकिएकोतर्फ यस आयोगको ध्यानाकर्षण भएको छ ।

कोभिड(१९ को कारण लागु भइरहेको बन्दाबन्दी (लकडाउन) खुला भइ विद्यालयहरू सञ्चालनमा आउने समय एकिन भइनसकेको सन्दर्भमा शैक्षिक वर्ष २०७६ को कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने, दर्ता गर्ने र मूल्याङ्कन गर्ने कार्यको लागि विद्यालयहरू नियमित सञ्चालन भए पश्चात आयोगले निश्चित अवधि सहित पुनस् सूचना प्रकाशन गर्ने व्यहोरा आयोगको मिति २०७७ वैशाख ३० गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि अनरोध छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.