Gorkha Sansar

अाफ्नाे भन्दा देशकाे सुरक्षा जरूरी छ, त्यसैले मेराे लागि खटाइएका सुरक्षाकर्मी लैजानु – श्रेष्ठ

काठमाडौँ, १ जेठ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राज्यले दिएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन्। आफ्नो भन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण भएको भन्दै श्रेष्ठले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी क्षणभरमा फिर्ता लैजान आग्रह गरेका हुन्।

आफुले सुरक्षा खतरा महशुस नगरेको उल्लेख गर्दै श्रेष्ठले बुधबार ट्वीट गर्दै चुनाव अघिदेखि सशस्त्रले सुरक्षा दिँदै आएको उल्लेख गरेका छन् ।

‘मैले पूर्वगृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा सुरूदेखि नै लिइनँ। सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ,’ उनले भनेका छन्, ‘तर गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो।’

‘मैले आफूलाई सुरक्षा खतरा महशुस गरेको छैन। राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भने पनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुन्छ,’ श्रेष्ठले भनेका छन्, ‘त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ। यसबाट राज्यलाई अप्ठ्यारो परेको भए क्षमायाचना।’

श्रेष्ठलाई १२ जना सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका छन् । प्रबक्ता श्रेष्ठले आफूले नियमित रूपमा सशस्त्रको पछुवा गाडी प्रयोग नगर्ने पनि बताएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.