Gorkha Sansar

गण्डकी प्रदेशको मुख्य नाका आँबुखैरेनीमा समाजद्धारा कडा सुरक्षा तथा चेकजाँच गर्न÷गराउन सम्बन्धित निकायको ध्यानाकर्षण ।।

आँबुखैरेनी, २६ बैंशाख ।

गण्डकी प्रदेशमा कोरोना भाईरसको संक्रमण भित्रिन नदिन प्रदेशको मुख्य नाका आँबुखैरेनीको पुलजीपमा आँबुखैरेनी सेवा समाजले कडा सुरक्षा तथा चेकजाँच गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । नेपालमा दिन प्रतिदिन कोरोनाको संक्रमित संख्या बढ्दै गएकोले कोरोना भाईरसको संक्रमण हुन नदिन समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठको नेतृत्वमा आँबुखैरेनीको पुलजीप, गाउँपालिकासंग जोडिएको अन्य छिमेकी जिल्लाको सिमानाका बाटो गोरेटो, झुलुङ्गेपुल लगाएतका स्थानमा सुरक्षा तथा सर्तकताको लागि चेकजाँच कडा पार्न आग्रह गदै विभिन्न ३ वटा निकायलाई ज्ञापन पत्र बुझाईएको हो । समाजका अध्यक्ष मनोजकुमार श्रेष्ठ, सदस्य राजन ढकाल, बाबुराम श्रेष्ठको उपस्थितीमा आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मी, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक बुद्धि सुवेदी र आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएको समाजले जनाएको छ । विभिन्न बाटो हुदै रेड जोन भारतबाट तनहुँ आएका २ जना र गोरखामा १ जना भारतीय नागरिक क्वारेन्टाईनमा राखिएको जानकारी गराउदै यसरी अन्य जिल्ला तथा भारतबाट आएका व्याक्तिहरु गण्डकी प्रदेस प्रवेश गर्दा आँबुखैरेनी गाउँपालिकामा कोरोना भाईरस संक्रमणको खतरा उच्च जोखिम हुने भन्दै समाजले सम्बन्धित निकायलाई सचेत गराएका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.