Gorkha Sansar

सर्पले टाेक्दा बालिकाको मृत्यु

शिवशंङ्कर मिश्र ।
बारा, वैशाख २५ गते । विषालु सर्पको टोकाईबाट एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा जीतपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने राजकुमार राना मगरकी १२ वर्षाया छोरी रञ्जिता मगरको बिषालु सर्पको डसाइबाट निधन भएको स्थानीय पुष्पा खतिवडाले बताउनुभयो ।

बुधबार राति साढे ८ बजे खाना खाएर सुत्न जाने बेलामा घरमा विषालु सर्पले डसेपछि उपचारका लागि कलैया अस्पताल ल्याउँदा बीच बाटो रञ्जिताको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

विना मौसम अहिले दैनिक भई रहेको वर्षाले गाउँघरमा विषालु सर्पको बिगबिगी भएको तथा मेरो घरमा पनि विषालु गेहुँवन सर्प देखिएकाले त्यसलाई मारिएको महागढीमाई नगरपालिका वडा नम्बर–१० का प्रहलाद प्रसाद पंडितले बताउनुभयो ।

गाेरखापत्रबाट साभार

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.