Gorkha Sansar

पालुङ्टारका विद्यालयहरुको नतीजा प्रकाशन शुरु

रविन्द्र कंडेल
गोरखा संसार
बैशाख २३, गोरखा

पालुङ्टार नगरपालिकाका विद्यालयहरुले कक्षा ११ र १२ को नतीजा प्रकाशन गर्न शुरु गरेका छन् ।
कोभिड १९ का कारण नेपालमा भएको लकडाउनका कारण विद्यालयहरु लामो समयसम्म बन्द रहेका कारण परीक्षा दिएर बसेका विद्यार्थीहरु नतीजा थाहा पाउन नसक्दा अन्योलमा परेका कारण नतीजा प्रकाशन गर्न नगरपालिकाको शिक्षा शाखाले निर्देशन दिएसंगै विद्यालयहरुले नतीजा प्रकाशन गर्न थालेका छन् ।
पालुङ्टार ४ मा रहेको अमर ज्योति जनता मा.वि.ले आज कक्षा ११ र १२ को नतीजा प्रकाशन गरेको छ । गत चैत्र महिनाको पहिलो सातामा कक्षा ११ र १२ को नगरस्तरीय परीक्षा लिइएको थियो । उक्त परीक्षाको परीक्षाफल विद्यालयको फेसबुक पेज Shree Amar Jyoti Janata High School बाट हेर्न सकिने कक्षा ११ र १२ का संयोजक रमेश मुडवरीले जानकारी दिनुभएको छ । विद्यालयले अक्षराँकन पद्दतीबाट नतीजा प्रकाशन गरिएको पनि संयोजक मुडबरीले जनाउनुभयो ।
नगरपालिकाले बैशाख २१ गते एक सुचना प्रकाशित गरी बैशाख २७ गतेसम्ममा विद्यालयहरुलाई नतीजा प्रकाशन गर्नको लागि निर्देशन गरेको थियो ।
यसअघि वडा नं. ७ स्थित जीवन ज्योति मा.वि.ले पनि कक्षा ११ र १२ को नतीजा प्रकाशन गरिसकेको छ । यस विद्यालयको नतीजा विद्यालयको फेसबुक एकाउन्ट जीवन ज्योति मा.वि. र Gorkha Sansar को फेसबुक पेजका साथै www.gorkhasansar.com बाट पनि प्रकाशन गरिएको विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।
शिक्षा मन्त्रालयले सुचना प्रकाशन गरी भर्ना नगर्न को लागि निर्देशन गरेको अवस्थामा नतीजा प्रकाशनका नाममा विद्यालय खोल्दा र सामाजिक दुरी कायम गर्न सम्भव नहुँदा झन समस्या हुने हो कि भनी केही शिक्षकहरु तथा अभिभावकहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।

शिक्षा मन्त्रालयको सूचना र पालुङ्टार नगरपालिकाको सूचना

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.