Gorkha Sansar

यार्सागुम्बा संकलनमा प्रतिबन्ध

गाेरखा संसार
बैशाख २१, डोल्पा :
त्रिपुरासुन्दरी नगरपालिका–२ रसी गाउँका ज्ञानु बोहोरा केही दिन यता निकै चिन्तित छन्। नगरपालिकाको केन्द्र बगर बजारमा नयाँ घर बनाउँदै गरेका बोहोरालाई चिन्ता हुनुको कारण यार्सागुम्बा संकलनमा प्रतिबन्ध गरिनु हो। जिल्ला विपत व्यवस्थापन समितिले केहि दिनअघि मात्रै यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाएको हो। कोरोना भाइरसको महामारी फैलिरहेका बेला हजार मान्छे भेला भएर यार्सागुम्बा संकलन गर्दा संक्रमण फैलन सक्ने भन्दै संकलनमा रोक लगाएको हो। ‘घरमा कसैको रोजगार छैन…। राेजगारीकाे मुख्य श्राेत नै यार्सा टिप्नेहरूका लागि यस वर्ष यार्सा टिप्न नपाउँदा पूरै गाउँ नै चिन्तामा छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.