कोहलपुर– बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं १ कुसुममा गए राति सवारी दुर्घटना हुँदा एक प्रहरीको ज्यान गएको छ । दाङबाट कोहलपुरतर्फ आउने क्रममा सडक दुर्घटनामा परी बारबर्दिया नगरपालिका –४ घर भएका प्रहरी जवान अनिल थारुको निधन भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी कुसुमको एम्बुलेन्समा घाइते थारुलाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर ल्याइएकामा बाटैमा निधन भइसकेको प्रहरीले जनाएको छ । दाङ दरबन्दी भई ललिलपुर कार्यरत रहँदै आएका थारु सवार मोटरसाईकल ट्रकमा ठोक्कीएको थियो । त्यस्तै नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री सडकखण्डको केराबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १२ च २००९ नम्बरको कार बिहीबार साँझ अचानक अनियन्त्रित भई सडक छेउको बिजुलीको खम्बामा ठक्कर खाँदा करेन्ट लागेर कार चालक बर्दघाट–४ का ५२ वर्षीय हरि भुर्तेलको निधन भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा कारमा सवार सोही स्थानका ३९ वर्षीय गोकर्ण शर्मा र ४२ वर्षीय रामप्रसाद पाण्डे घाइते भएका छन् । शर्माको टाउको र पाण्डेको ढाडमा चोट लागेको र उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ ।
थप समाचार
-
मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा तयारी, देउवाको निर्देशनपछि सत्ताबाट बाहिरिने
गाेर्खा संसारAugust 1, 2025काठमाडौं, १६ साउन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिन तयार भएका छन् । लामाले राजीनामा ... -
दशैं नजिकिँदै गर्दा बीपी राजमार्गको अवस्था दयनीय, पुनर्निर्माणमा जापानको सहयोग
गाेर्खा संसारAugust 1, 2025दशैं आउन अब झन्डै २ महिना मात्रै बाँकी रहँदा पूर्वी नेपाल जाने मुख्य लाइफलाइन मानिने बीपी राजमार्गको अवस्था अहिले अत्यन्तै नाजुक बनेको छ । वर्षासँगै पहिरोले बाटो बिग्रिएको छ भने कत... -
भोजपुरको टेम्केमैयुङमा २५ लाखको प्रसूति भवन निर्माण, स्थानीयलाई राहत
गाेर्खा संसारAugust 1, 2025भोजपुर, टेम्केमैयुङ–६ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा प्रसूति भवन निर्माण सम्पन्न भएको छ। अब सामान्य प्रसूति गराउन घण्टौं लगाएर स्ट्रेचर वा डोकोमा सदरमुकाम लैजानुपर्ने ब... -
लालपुर्जाका लागि ५ हजार परिवारको संघर्ष : राजविराजमा पुनः चर्किंदै आन्दोलन
गाेर्खा संसारAugust 1, 2025राजविराज, सप्तरी । राजविराज नगरपालिकाको ब्लक र बिटौरी क्षेत्रमा झण्डै ६५ वर्षदेखि लालपुर्जाको प्रतीक्षामा रहेका पाँच हजारभन्दा बढी पीडित परिवारले पुनः आन्दोलन चर्काउने भएका छन् । ... -
रास्वपाको नयाँ पहल ‘खुल्ला आँगन’ : हरेक शुक्रबार नागरिकसँग प्रत्यक्ष संवाद
गाेर्खा संसारJuly 31, 2025काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, सुझाव र जिज्ञासाहरू प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘खुल्ला आँगन’ नामक साप्ताहिक संवाद कार्यक्रम सञ्च... -
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष भक्तपुरबाट पक्राउ
गाेर्खा संसारJuly 31, 2025काठमाडौं, १५ साउन । झन्डै ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार...