Gorkha Sansar

बन्दीपुरमा बन्ने सिसाकाे भ्यु टावर यस्ताे हुनेछ

गाेरखा संसार

बन्दिपुर प्राकृतिक मनोरमता र सास्कृतिक सम्पदाले भरिपुर्ण रहेको छ। बन्दिपुर गाउँपालिकाको सम्पदाहरु झल्कने गरि वडा नं. ४ मा अवस्थित टुडिखेलमा ४०० मिटरको भिरमा शहासिक तर सुरक्षित रुपमा प्राकृतिक मनोरमता नियाल्नको लागि भु-सतहबाट १५ मिटर हावा/भिरमा रहने सिसाको भ्युपोईन्ट निर्माण कार्यको Detailed Project Planning (DPR) र Action Plann तयार भई सकेको छ।

11

 

सिसाको भ्यु पोईन्ट समथर भागबाट १५ मिटर भिरालो/भिर भागबाट बहिर निस्कने छ। भ्यु पोईन्टमाबट हिमाली श्रीङ्खला, मर्स्याङ्दि कोरिडोर लगायतका विभिन्न प्राकृतिक स्वरुप देखिने छ।  बन्दिपुर सिसाको भ्यु पोईन्टले बन्दिपुर पर्यटन विकासमा ठुलो सहयोग पुर्‍याउने छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.