Gorkha Sansar

बेलभञ्ज्याङमा भएकाे जीप दुर्घटनामा एक जनाको मृत्यु

गाेरखा संसार

बैशाख १६, तनहुँ ।

तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा साेमबार साँझ जीप दुर्घटना हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

अनुहारमा चाेट लागेर थप उपचारका लागि गण्डकी अस्पताल पाेखरा लगिएकी नवलपुर बैदिकालि गाउँपालिका–२ बस्ने २३ वर्षीया सन्जु पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नं को जीप अनियन्त्रित भई सडकबाट दुई सय मिटर तल खस्दा जीप दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते हुनेहरुमा नवलपुर बैदिकालि गाउँपालिका–२ बस्ने ५४ वर्षीया दिलमाया खत्री, सोही ठाउँ बस्ने २६ वर्षीया सुनिता खत्री, ७ वर्षीय अभिषेक खत्री, ६ महिनाका अनिल खत्री, जीपका चालक ३१ वर्षीय चामबहादुर दमै र सहचालक २१ वर्षीय सन्तोष परियार रहेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.