Gorkha Sansar

काठमाडौमा रहेका २२९ जना लाई सोमबार पालुङ्गटार ल्याइयाे

कोरोना संक्रमण हुन नदिन नेपाल सरकारले गरेको लकडाउनमा गोर्खा पालुङ्गटारका काठमाडौंमा बिचल्ली परेका बिद्यार्थी, मजदुर र श्रमिकहरुलाई आफ्नो गृह जिल्ला गोर्खा पालुङ्गटार ल्याइएको छ।

विभिन्न काम र अध्यायनको सिलसिलामा काठमाडौमा रहेका २२९ जना लाई सोमबार नगरपालिकाकाे बिशेष पहलमा पालुङ्गटार ल्याइएको हो।काठमाडौंमा समस्यामा परेका पालुङटारका नगरबासिहरु लाई  ७ वटा वसको ब्यवस्था गरि सोमबार पालुङटार ल्याइएको हो।

उक्त कार्यमा काठमाण्डाैमा रहेका केही युवा तथा संङसंस्थाहरूले सहयाेग गरेका थिए भने सम्पुर्ण यात्रुहरुलाई माक्स र गोल्ब्स सहित पठाइएको काठमाडौवासी जिबन बाल्कोटी ले बताउनुभयो।

करिब एक हप्ताको प्रयासमा उनिहरुलाई पालुङ्गटार ल्याउन सफल भएको बताइएको छ। उनिहरु स्थानीय तह तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहने छ्न भने  अनिवार्य क्वारेन्टाइनमा बस्ने गरि पालुङ्गटार ल्याइएको हो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.