Gorkha Sansar

अवस्था सामान्य भएको तीन सातापछि मात्रै परीक्षा हुने

गाेरखा संसार

बैशाख १३

काठमाडौँ — शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुकको अवस्था सामान्य भएको तीन सातापछि मात्रै रोकिएको परीक्षा हुने बताएका छन् ।

‘काठमाडौ र बाहिरको अवस्था फरक छ । विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका छन् त्यसैले स्थिति सामान्य भएको तेस्रो साताबाट मात्रै परीक्षा गराउछौ,’ शिक्षा पत्रकार समूहले गरेको भिडियो कन्फ्रेन्समा मन्त्री पोखरेलले भने, ‘१२ परीक्षाको परीक्षा गर्नै पर्ने हुन्छ । १० र ११ विकल्प पनि आएको छ । यो पनि सकेसम्म परीक्षा गराउने पक्षमा छु ।’

आइतबार हुने मन्त्रिपरिषद्को बैठकको निर्णयपछि मन्त्रालयले कार्ययोजना बनाउने उनले बताए

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको छ ।

यसअनुसार अझै एक साता लकडाउनको प्रस्तावसमेत गरिएको छ । मुलुकको अवस्था सामान्य हुन अझै समय लाग्ने भएकाले परीक्षा कहिले हुन्छ ? भन्ने अन्यौल छ । कक्षा १० देखि माथिल्लो तहको करिब १८ लाख विद्यार्थीको परीक्षा कोरोनाका कारण रोकिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.