Gorkha Sansar

बन्दीपुर गाउँपालिकाले अलपत्र मजदुरकाे उद्धार गरी घर पठायाे

बैशाख १०, तनहुँ ।

विभिन्न स्थानबाट अाफ्नाे घर जान लागेका र बाटाेमा अलपत्र परेका मजदुरहरूलाइ बन्दिपुर गाउँपालिकाले डुम्रेबाट गाडी चढाएर पठाएकाे छ ।

बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिँ थापालकाे पहलमा  लमजुङको दोर्दी हाइड्रोपावरमा काम गर्ने २६ जना मजदुरहरुलाई सोमबार डुम्रेमा अलपत्र परेको अवस्थामा बन्दिपुर गाउपालिकाले डुम्रेबजार बाट बस चढाइ पश्चिम नेपालको सल्यान दाङ कन्चनपुर तर्फ उनीहरुको घर पठाईएको छ ।

अलपत्र परेका मजदुरहरुलाइ उद्धार गरि गन्तब्य सम्म पुर्याउन बन्दिपुर गाउँपालिकाको पहलमा पालिकाको खर्चमा पठाइएको गाउँपालिकाको अध्यक्ष पुर्णसिंह थापाले बताउनुभयो ।

उहँाका अनुसार अाफ्नाे गाउँपालिकाका कुनै पनि व्यक्ति कुनै पनि स्थानमा अप्ठयाराेमा परेकाे जानकारी प्राप्त भएमा अाफूले पहल गरी उनीहरूकाे घरसम्म अाउने व्यवस्थाका लागि सहजीकरण गर्न तयार रहेकाे समेत बताउनुभयाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.