Gorkha Sansar

उदयपुरको भुल्केमा थप एक सय जना स्थानीयको नमूना संकलन

गाेरखा संसार

उदयपुर,८ वैशाख
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले आज थप एक सय जना स्थानीयको नमुना संकलन गरेको छ । सेनाको स्वास्थ्यकर्मी टोलीले हिजो र आज गरी दुई सय ५२ जनाको नमूना संकलन गरेको हो । १३ जना कोरोना सङ्क्रमित फेला परेपछि भुल्केलाई संघ र प्रदेश सरकारले स्वास्थ्यकर्मीको टोली खटाएर स्थानीयबासीको नमूना संकलन गरेको हो । सेनाको स्वास्थ्यकर्मी टोलीले हिजो एक सय ५२ जनाको स्वाव नमुना सङ्कलन गरेको थियो भने आज थप एक सय गरी दुई सय ५२ जनाको स्वाव नमुना सङ्कलन गरेर काठमाण्डौँ लगेको सहायक जिल्ला अधिकारी भीम भट्टराईले जनाकारी दिनुभयो ।
यसैबीच कोरोना भाइरस महामारी नियन्त्रणका लागि त्रियुगा नगरपालिकाले तयारी गरेको क्वारेन्टाइनको आवस व्यवस्थापनमा वल्र्डभिजनले सहयोग गरेको छ । नगरपालिकाले आवासीय सामग्री सहयोगका लागि वल्र्डभिजनलाई पत्राचार गरेपछि सोमबार पार्टनर संस्था जाल्पा एकिकृत विकास, हुरेण्डेक र नेस्पेक संस्थामार्फत २ लाख ८ हजार ५ सय ६२ रुपैँयाको आवसीय सामग्री सहयोग गरिएको हो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.