Gorkha Sansar

गरीब, निमुखा, ज्याला मजदुर र आर्थिक विपन्नहरुलाई विशेष राहत प्याकेज ल्याउन ने.का पालुङ्टारको माग

गोरखा संसार
चैत्र २१, गोरखा

विश्व नै आतंकित बनाउने गरी फैलिएको कोभिड १९ का कारण लक डाउन गर्न परेको यस घडीमा गरीव, निमुखा, ज्याला मजदूर र आर्थिक विपन्न भएकाहरुलाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न नेपाली कांग्रेस पालुङ्टारले माग गरेको छ ।
नेपाली कांग्रेसका नगर सचिव सरोज देवकोटाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो । सो बक्तव्यमा सरकारले गरेको लक डाउनको निर्णयलाई सफल पार्न समेत सम्पूर्ण नगरबासीहरुमा अनुरोध समेत गरिएको छ ।
बक्तव्यमा नगरपालिकाको अगुवाइमा निर्माण गरिएको क्वारेन्टाइन तथा आइसोलेसन वार्ड लगायत कामहरुको चर्चा गर्दै नगरपालिकालाई धन्यवाद समेत दिइएको छ ।

प्रेस वक्तव्यकाे पूर्ण पाठ

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.