Gorkha Sansar

पालुङ्टार ६ मा कोरोना नियन्त्रण समन्वय समिति गठन

गोरखा संसार
चैत्र २१, गोरखा

यस्तै गरी वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटीको संयोजकत्वमा एक कोरोना नियन्त्रण समन्वय समिति गठन गरिएकोे छ । वडा कार्यालयमा २० गतेका दिन बसेको बैठकले समन्वय समिति गठन गरेको हो । समितिमा वडाका वडा सदस्यहरु, वडा नं. ६ भित्रका सम्पूर्ण स्वास्थ्य संस्थाका कर्मचारीहरु, टोलविकास संस्थाका अध्यक्षहरु सहितका गरी ४१ सदस्यीय समिति गठन गरिएको वडा नं. ६ का सचिव धनेन्द्र श्रेष्ठले बताउनुभयो ।
यसै क्रममा वडा नं. ६ का वडाध्यक्ष यस खालको अप्ठ्यारोमा परेका बेलामा सहानुभूति दिनुपर्दछ भन्ने उदेश्यका साथ वडाध्यक्ष बराकोटी आफै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहितका एक टोली लिएर दैनिक रुपमा घर घरमा पुगेर पर्चा तथा पोष्टर वितरण गर्दै हिँडिरहेको बताउनुभएको छ ।
त्यस्तै अन्य वडाहरुमा पनि सचेतना कार्यक्रम सहित क्वारेन्टाइन निर्माण लगायतका कार्य गर्दै गइरहेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.