Gorkha Sansar

लकडाउनमा पनि उद्योग र ठूला आयोजना सञ्चालन हुने

काठमाडौं । सरकारले लकडाउनको समयमा पनि उद्योग र ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शर्तसहित उद्योग र ठूला आयोजना सञ्चालन गर्ने निर्णय गरेको हो।

यसका लागि स्थानीय तहसँग समन्वय गर्नुपर्ने सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चार तथा प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए।

खतिवडाले तामाकोशी, मेलम्चीलगायत ठूला आयोजनाले बाहिरका कामदारलाई प्रवेश नदिई स्थानीय प्रशासनको सहजिकरणमा काम गर्न सक्ने निर्णय भएको जानकारी दिएका हुन्।

त्यसैगरी कृषिकार्यमासमेत बाहिरका श्रमिक नल्याइ काम गर्न दिने निर्णय उच्चस्तरीय समितिले गरेको छ। विभिन्न उद्योगले कामरदारलाई भित्रै राखेर सञ्चालन गर्न सक्ने भए सञ्चालन गर्न सरकारले अनुमति दिएको छ।

सँगै सीमा क्षेत्रमा अलपत्र रहेका नागरिकलाई १४ दिनसम्म त्यही क्वारेन्टाइनमा बसेरमात्र आफ्नो देशमा प्रवेश गर्न समितिले पुनःअनुरोध गरेको छ। त्यसको व्यवस्थापन सम्बन्धित देशले गर्नुपर्ने समितिको ठहर छ। अन्नपूर्णबाट

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.