Gorkha Sansar

०७७ सालमा शनिबारसहित ६७ दिन राष्ट्रिय बिदा

१९ चैत्र, काठमाडौँ । ०७७ सालमा शनिबारसहित राष्ट्रिय रुपमा ६७ दिन राष्ट्रिय बिदा हुने भएको छ।

आगामी वर्ष ५२ दिन शनिबारबाहेक अन्य १५ दिन मात्र देशव्यापी बिदा हुने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

सोमबार राजपत्रमा सूचना निकाली सरकारले ०७७ सालका बिदा सार्वजनिक गरेको हो। ०७६ साल र आगामी वर्षको बिदामा कुनै हेरफेर गरिएको छैन।

विभिन्न धर्मावलम्बीहरुले मनाउने चाडमा सम्बन्धित धर्माबलम्बी समुदायलाई मात्र बिदा दिने निर्णय कायमै राखिएको छ।

राष्ट्रिय पर्वमा दसैँ र तिहारबाहेक चार दिन मात्र बिदा हुनेछ। नव वर्ष (वैशाख१), महाशिवरात्री (२८ फागुन) र फागुपुर्णिमामा (चैत १५ र १६) गते मात्र बिदा हुनेछ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.