Gorkha Sansar

कोरोनाका कारण सीता गुफा मेला स्थगित

गोरखा संसार
चैत्र १७, गोरखा ।
विश्वमा आतंकको रुपमा फैलिरहेको कोरोनाको को संक्रमण नियन्त्रणको लागि सरकारले सम्पूर्ण जनताहरुलाई घरमा वसेर लक डाउनको आदेश पालना गर्न आग्रह गरेसंगै गोरखाको बारपाक सुलीकोटमा चैत १९ गते लाग्ने सीता गुफा मेला पनि स्थगित भएको छ ।
हरेक वर्ष हर्षोल्लासका साथ मनाइने सीता गुफा मेला यस वर्ष स्थगित गरिएको बारपाक सुलीकोट गाउँपालिकाका कार्यपालिका सदस्य धामी बरामले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजै एक बैठक बसी लक डाउनको आदेशलाई पूर्ण रुपमा पालना गरी कोरोनाविरुद्धको लडाईंमा अघि बढन सवैमा आग्रह गरिएको बताउनुभयो ।
अत्यन्त जोखिम समय भएका कारण कोही कसैले आफ्नो टोलबाट अर्को टोलमा नजान समेत सर्वसाधारण मा अनुरोध गरिएको बरामले बताउनुभयो । साथै पालिका भित्र विदेशबाट आएका सवैलाई सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्न अनुरोध समेत गरिएको उहाँले बताउनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.