Gorkha Sansar

पालुङ्टार ७ च्याङली, माइकिङ गर्दै सचेतना जगाउँदै

गोरखा संसार
चैत्र १४, गोरखा ।
विश्वमा आतंकको रुपमा फैलिरहेको कोरोनाको नियन्त्रणका लागी सरकारले देशभर गरेको लक डाउनको अवस्थामा पालुङ्टार नगरपालिका वडा नं. ७ को कार्यालय माइकिङ गर्दै सचेतनाको लागी अनुरोध गरेको छ ।
यस अवधीमा कोही पनि घरबाट बाहिर ननिस्की कन सरकारको लकडाउनको निर्णयलाई पालना गरिदिन आग्रह गर्दै वडा नं. ७ ले माइकिङ समेत गरेको छ ।

वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले जनतालाई अझ बढी सुसुचित गराउँदै लक डाउन को आदेश पालना गरी कोरोना आउन नदिनको लागि हिजो बिहीबार र शुक्रबार वडाका सवै स्थानहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी सहित टोल टोलमा पुगेको उहाँले बताउनुभयो । माइकिङको क्रममा वडाका कुनै पनि नाकाबाट कोही कसैलाई वडाभित्र प्रवेश नगर्न तथा कोही विदेशबाट आएमा वडा कार्यालय वा स्वास्थ्य चौकीमा सम्पर्क गरी घरमै एकान्तबास बस्न समेत अनुरोध गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
ठाउँ ठाउँमा जमघट भएका व्यक्तिहरुलार्ई पनि टोलीले सम्झाइ बुझाई गरी घर घरमा बस्न र बाहिर ननिस्कन आग्रह गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.